नियम १५९
तालीममा सफल हुँदाको परिणाम
: देहायका तालीममा सफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछ ः–
(क) प्रहरी अधिकृत तालीम (आधारभूत) मा सफल भएका र परीक्षणकालमा रहेका अधिकृतहरू स्थायी नियुक्तिका लागि सामान्यतया योग्य हुनेछन् ।
(ख) प्रहरी जवान आधारभूत तालीममा सफल प्रहरी जवान प्रशिक्षार्थीहरू प्रहरी जवान पदमा स्थायी नियुक्तिका लागि योग्य हुनेछन् ।